Logo

देशभर थपिए ७४२ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु



Spread the love

६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७९५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १०७९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्