Logo

नेपाली पब्जी टिम ‘एएसएल’ पब्जी मोबाइल ग्लोबल च्याम्पिनसिपको फाइनलमा



Spread the love

६ पुस, काठमाडाैँ । नेपाली पब्जी टिम ‘पब्जी मोबाइल ग्लोबल च्याम्पिन्सिप’को फाइनलमा पुगेको छ । समग्र लिगका खेलमा ११ औँ स्थानमा पैन सफल हुँदै नेपाली टिम एबरप्ट स्लायर्स ‘एएसएल’ ग्लोबल च्याम्पिनसिपको फाइनलमा पुगेको हो ।

यस वर्षको पब्जी ग्लोबल च्याम्पिनसिपमा नेपालमा २ वटा टिम एएसएल र डिआरएस गेमिङले प्रतिष्पर्धा गरेका थिए ।

तर, डिआरएस २२ औँ स्थानमा रहँदा फाइनलमा स्थान बनाउन असफल भएको हो । यो च्याम्पिनसिपमा विश्वभरका २४ वटा टिमले सहभागिता जनाएका थिए ।

लिग तथा सुपरविकेन्ड अनुसार टप १६ मा पर्ने टिमहरूले फाइनल खेल्नेछन् । यो प्रतियोगिताको जम्मा पुरस्कार राशी २ मिलियन डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्