५ पुस, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा प्रश्न खडा गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस गरेको भन्दै राष्ट्रपति भण्डारीको भूमिकामा प्रश्न उठाउँदै आपत्ति समेत जनाएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गर्नुभयो। विद्यादेवी भण्डारी, तपाईं आजदेखि मेरो राष्ट्रपति होइन। केपी शर्मा ओलीको ग्याङको सदस्य मात्रै हो,’ बानेश्वरमा आयोजित विरोधसभामा उनले भने, ‘संसदबाट निर्वाचित राष्ट्रपति संसदकै अपराधमा उत्रिन्छिन् भने उनी राष्ट्रपति होइन।’
थापाले असक्षम मान्छे देशको प्रधानमन्त्रीको रूपमा पाएको भन्दै भाग्य खराब भएको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्