Logo

‘कोरोनाको भ्याक्सिनले पुरुषको स्वर महिलाको जस्तो बन्छ, महिलाको दाह्री आउँछ’



Spread the love

एजेन्सी । ब्राजिलका राष्ट्रपतिले कोरोना भाइरसको खोपको गम्भीर आलोचना गरेका छन् । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो आलोचित बनिरहेका बेला उनले हालै कोभिडविरुद्धको खोपबारे विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

उनले कोरोना भाइरसको खोप लगाएमा मानिस गोही बन्नसक्ने बताएका छन् । उनले मानिस गोही बन्ने र महिलाको दाह्री आउन सक्ने समेत बताएका छन् ।

कोरोना भाइरसको भ्याक्सिन लगाउनु उपयुक्त नभएको बताउँदै उनले पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने वा यस्तै बदलाव आउनसक्ने समेत उल्लेख गरेका छन् ।

खोपको बारेमा राष्ट्रपतिले आलोचना गरेता पनि ब्राजिलमा कोरोना भाइरसको खोपको परीक्षण भने भइरहेको छ । राष्ट्रपति बोल्सोनारोले आफुले कोरोना भाइरसको खोप नलगाउने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्