Logo

जनकपुर जाने भनेर बुद्ध एयरको विमान चढेका यात्रुहरू पोखरा पुगेपछि



Spread the love

४ पुस, काठमाडाैँ । जनकपुर जाने भनेर बुद्ध एयरको विमान चढेका यात्रुहरू पोखरा पुगेका छन् । शुक्रबार बुद्ध एयरको ७२ जहाजमा जनकपुर जाने भनेर चढेका यात्रुहरू पोखरा विमानस्थलमा अवतरण गरेका हुन् ।

जनकपुर जाने भनेर चढेको विमानले पोखरा पुर्याइदिएपछि उनीहरू सबै अलमलमा परेका थिए ।

जहाज पोखरा विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र यात्रुले आफूहरु जनकपुर नभइ पोखरा आएको पत्तो पाएको पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँले जानकारी दिएका छन् ।

पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँले बताए अनुसार माैसमको खराबीका कारण विमान पोखरा ल्याण्ड भएकै हैन ।

विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङमा कम्पनीबाटै खटिएका कर्मचारीको कमजोरीले यस्तो हुन पुगेको बताइएको छ ।

बुद्ध एयरको उडान नम्बर ६०७ जहाज पोखराका लागि पुर्वनिर्धारित उडान थियो । सोहीकारण दुबै विमानस्थलका कन्ट्रोल टावरले यो जहाजलाई पोखरा उडानको अनुमति दिए । तर, जहाजमा पोखरा जाने यात्रु बोर्ड गर्नुपर्ने (चढाउनुपर्ने) मा असावधानीबस जनकपुर जाने यात्रु चढाइयो । फलस्वरूपः पोखरा जाने जहाजमा जनकपुरका यात्रु भरेर उडाइयो ।

प्रतिक्रिया दिनुहोस्