Logo

ट्वीटरमार्फत ९ जनाको हत्या गर्नेलाई मृत्युदण्ड



Spread the love

१ पुस, एजेन्सी । ट्वीटरमार्फत ९ जनाको हत्या गर्ने एक जनालाई जापानमा मृत्युदण्ड दिइएको छ । ट्वीटरमार्फत नै ठूलो संख्यामा मानिसहरूको हत्या भएको घटनाले जापानमा नयाँ तरंग ल्याएको छ ।

सन् २०१७ मा ‘ट्वीटर किलर’ नामबाट चर्चित ३० वर्षीय टाकाहिरो शिराइसीलाई पक्राउ गरिएको थियो । त्यसबाट उनी बस्ने कोठाबाट क्षत विक्षत अवस्थामा मानिसहरूको शव समेत बरामद गरिएको थियो ।

विकसित देशमध्ये एक जापानमा अहिलेसम्म मृत्युदण्डको सजाय कायम छ । त्यहाँ मृत्युदण्डले जनताको समर्थन पाएको पनि बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्