Logo

कोरोना संक्रमणबाट शैलुङ गाउँपालिका वडाध्यक्षको मृत्यु



Spread the love

२९ मंसिर, ललितपुर । कोरोना संक्रमणबाट दोलखा जिल्लाका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कोरोना संक्रमणबाट दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रम लामाको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले दिएको जानकारी अनुसार लामाको सोमबार दिउँसो ३ बजे ललितपुरको विष्ट अस्पतालमा मृत्यु भएको हो ।

उनी २१ गते उपचारका लागि काठमाडौं आएका थिए । उनलाई दुई दिन चाबहिलस्थित एक अस्पातलमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्