Logo

कोरोना भाइरसको भ्याक्सिन दिइने दिन अमेरिकामा मृत्यु हुनेको संख्यामा कमी



२९ मंसिर, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १३ सय ४७ जनाको मृत्यु भएको छ भने हिजो १३ तारिखमा २२ सय ७३ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । २ लाख ७८ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र ३ लाख ६ हजार ४ सय २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्