Logo

५ सय वर्ष पुरानो नेपाली कलात्मक मुकुट पेरिसमा ७० लाखमा बिक्री



Spread the love

२७ मंसिर, काठमाडाैँ । फ्रान्सको राजधानी पेरिसमा नेपालमा बनेको कलात्मक मुकुट बिक्री भएको छ । नेपालमा १५/१६ शताब्दीको बीचमा बनेको अनुमान गरिएको भैरवको विशाल र कलात्मक मूर्ती ५० हजार युरोमा बिक्री भएको हो ।

५० हजार युरोलाइ नेपालीमा रूपान्तरण गर्दा करीब ७० लाख हुन आउँछ । तामाको आकृतिमा सुनको जलप लगाइएको उक्त मुकुन्डो अनलाइन अक्सनमार्फत बिक्री भएको हो ।

उक्त मुकुट खरीदकर्ताको परिचय खुलाइएको छैन । त्यस्तै, त्यो मुकुट कसरी पुग्यो भन्ने पनि खुलाइएको छैन् । करीब ६२ सेन्टिमिटर अग्लो सो मुकुन्डो पेरिसस्थित एक निजी कम्पनीले सन् २०१७ मा अर्को एक निजी संग्रहालयबाटै लिइएको बताइएको छ।

त्यसैगरी उक्त अक्सनबाट नै अर्को नेपाली मूर्ती पनि २० हजार युरोमा बिक्री भएको बताइएको छ ।

नेपालबाट हराएका मूर्ती तथा कलात्मक आकृतिहरू पछिल्लो समय विदेशमा देखिने र मोटो रकममा बिक्री भएका समाचारहरू पछिल्लो समय धेरै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्