Logo

कलंकीमा ट्रक दुर्घटना, एक जनाको घटनास्थल मै मृत्यु



Spread the love

२६ मंसिर, काठमाडाैँ । काठमाडाैँको कलंकीमा ट्रक दुर्घटना भएको छ । शुक्रबार साँझ ब्रेक फेल भएर कलंकीमा मालबाहक ट्रक दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा १ जनाको घटनास्थल मै मृत्यु भएको छ । यद्यपी मृतकको पहिचान हुन सकेको छैन ।

शुक्रबार साँझ प्रदेश २ ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको हो । उक्त ट्रक दुर्घटना हुँदा अन्य ६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्