Logo

म्यासेन्जरमा देखिएको समस्या समाधान



Spread the love

२५ मंसिर, एजेन्सी । फेसबुक म्यासेन्जरमा देखिएको समस्या समाधान भएको छ । लगभग बिहीबार दिनभरी नै देखिएको समस्या अहिले समाधान भएको हो ।

दिनभर फेसबुक म्यासेन्जरमा म्यासेज नजाने, फोटो फठाउन नमिल्ने र लग इन जस्ता पक्षमा समस्या देखिएका थियो । यही विषयका बारेमा डाउन डिटेक्टर नामक वेभसाइटमा २ हजारभन्दा धेरै प्रयोग कर्ताले गुनासो टिपाएका थिए ।

बिहीबार म्यासेन्जरमा मात्रै नभइ फेसबुककै स्वामीत्व रहेको इन्स्टाग्राममा पनि समस्या देखिएको थियो ।

यसबारे फेसबुकले आधिकारिक खबर भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्