Logo

बिरामी भएपछि राप्रपा नेता लिङ्देनलाई हेलिकप्टरबाट काठमाडाैँ लगियो



Spread the love

२५ मंसिर, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौँ लगिएको छ ।

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उहाँमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उहाँलाई आज बेलुकी ७ः३० बजे काठमाडौँ लगिएको ओझाले बताए ।

नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उनलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ । आजै उनको पिसिआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए । सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्