Logo

सुराकी लगाएको बदला लिन विप्लवद्वारा शिक्षकको हत्या (विज्ञप्ति)



Spread the love

२३ मंसिर, मोरङ । मोरङमा हत्या गरिएको शिक्षकको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ। मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको छ ।

विप्लवले उक्त हत्याको जिम्मेवारी लिँदै प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । यस घटनाको जिम्मेवारी लिन विप्लव नेकपाको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरेको छ । विज्ञप्तीमा ‘सुराकी’ गरेको आरोप लगाएको विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको उल्लेख छ ।

उता, प्रहरीले भने शिक्षक श्रेष्ठको अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको जनाएको छ ।

‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’ विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा नसुध्रिएको दाबी समेत विज्ञप्तीमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्