Logo

भारतमा नयाँ प्रकृतिको रोग देखियो, १ जनाको मृत्यु, ४ सय बढी बिरामी, यस्ता छन् लक्षणहरू



Spread the love

२३ मंसिर, एजेन्सी । छिमेकी मुलुक भारतमा अनौठो प्रकृतिको रोग देखिएको छ । रहस्यमयी रोगका कारण भारतको आन्द्र प्रदेशमा एक जनाको मृत्यु समेत भएको छ भने ४ सय भन्दा बढी बिरामी भएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित आन्द्र प्रदेशमा रहस्यमयी रोग देखा परेको बिबिसी हिन्दीले उल्लेख गरेको छ । आन्ध्र प्रदेशको इलुरु जिल्लामा यो रोग देखिएको बताइएको छ ।

यो रोगबाट अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको र ४ सय भन्दा बढी संक्रमित भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । यो रोग देखा परेका सबैजना अस्पताल भर्ना भएका छन् । स्वास्थ्यकर्मीहरूले यो रोग नयाँ प्रकृतिको भएको जानकारी दिएका छन् ।

यो रोग लागेपछि मान्छे काप्ने र बेहोस हुने गरेका छन् । यो रोगको बारेमा स्वास्थ्यकर्मीहरूले अनुसन्धान सुरू गरेको त्यहाँको स्वास्थ्य नियमनकारी निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्