Logo

नेपालमा श्रीमानको मृत्यु, साइप्रसमा श्रीमतीले गरिन् आत्महत्या



Spread the love

२३ मंसिर, काठमाडौँ । श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाए लगत्तै साईप्रसमा रहेकी श्रीमतीले आत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका –८ खरे घर भइ हाल साईप्रस साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गरेको त्यहाँको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ ।

मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी थिइन् । मृतक तमाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने तयारी भैरहेको गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ ।

मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार दुर्घटनामा श्रीमान्को मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ । मृतक तामाङले टिकटकमा श्रीमान्को दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्