Logo

विवाह गरेपछी के भनिन् नायिका श्वेता खड्कले ?



Spread the love

२३ मंसिर, काठमाडाैँ । सोमबार विवाह गरेकी नायिका श्वेता खड्काले जिन्दगीको अर्को एउटा पाइला चाल्न सुरू गरेको बताएकी छिन् । बैवाहिक कार्यक्रम सम्पन्न भएलगत्तै सामाजिक सञ्जालमार्फत नायिका खड्काले आफुले सुरु गरेको जिन्दगीको अर्को अध्यायमा अझै धेरै गर्न बाँकी रहेको बताएकी छिन् ।

सोमबार धनगढीका जियेन्द्रसिंह रावतसँग दोश्रो विवाह गरेकी हुन् ।

‘मैले नेपाली सिने जगतलाई मेरो सिन्दुरको जस्तै अझै उच्च स्थानमा पुर्याउनुछ । निर्माणधिन माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनुछ । मैले अझै धेरै काम गर्न बाँकी छ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्