Logo

बलात्कारको आरोप लागेका सिद्धबाबाले पाए सफाइ



Spread the love

२२ मंसिर, काठमाडौँ । बलात्कारको आरोप लागेका सिद्धबाबाले सफाइ पाएका छन् । सुनसरी जिल्ला अदालत इनरुवाले एकवर्षदेखी पुर्पक्षका लागि कारागारमा रहेका सिद्धबाबा भनिने कृष्ण बहादुर गिरीलाई अभियोग पुष्ठि नभएको भन्दैं सफाई दिएको हो ।

सुनसरी जिल्ला अदालतका एक नम्बर इजलासका न्यायधिश अर्जुन प्रसाद कोइरालाले नेपाल सरकारले लिएको अभियोग दावी बमोजिम प्रतिवादीलाई जवरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग पुष्टि नभएकाले आरोपित सफाई हुने फैसला गरेका हुन् ।

सोमबार फैसला भएसँगै क्षेत्रिय कारागार झुम्कालाई रिहाका लागि पत्र पठाएको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले बताएका छन् । यता क्षेत्रिय कारागार झुम्काका निम्ति प्रमुख राजेन्द्र कुमार कार्कीले फैसला भएको जानकारी आएको र पत्र अनुसार सिद्धबाबालाई कारागारबाट मुक्त गरिएकोे प्रतिक्रिया दिएका छन् ।

सिद्धबाबा विरुद्ध पीडित महिलाले २०७६ साल पुस १० गते जबरजस्ती करणी गरेको भन्दै मुद्धा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्