Logo

घरभरी साङ्ला छन् ? यी हुन् साङ्ला धपाउने सजिला ५ उपायहरू



Spread the love

१९ मंसिर, काठमाडाैँ । अहिलेको समयमा धेरै मानिसहरूको घरको समस्या हो साङ्ला । केही वर्ष पहिले बेगनले मर्ने साङ्लाहरू बिष प्रतिरोधात्मक क्षमता बढेका प्रजातीहरू देखिएका छन् । त्यती मात्रै हैन, बिषादीको प्रयोग हाम्रो स्वास्थ्यका लागि अति खतरापूर्ण छ ।

हामीसँग भएका घरेलु तत्वहरूको प्रयोगले नै हामीले घरबाट साङ्ला भगाउन सक्छाैँ । जान्नुहोस् ती वस्तु के के हुन् त ?

१. साबुन पानी

साबुन पानीको प्रयोगले साङ्ला छिट्टै मर्छन् । साबुन पानी राम्रोसँग घोलेर साङ्ला बस्ने ठाउँमा छर्किँदा साङ्लाबाट छुट्कारा पाइन्छ ।

२. तेजपत्ता

साङ्ला धपाउने अर्को अचुक तत्व तेजपत्ता हो । तेजपत्ताको गन्धसँग साङ्लाको ठूलो दुश्मनी छ । तेजपत्ताको गन्धले साङ्ला भाग्छन् ।

३. ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । साङ्ला धेरै भएको ठाउँमा ल्वाङका टुक्राहरू राख्दा साङ्ला भगाउन सजिलो हुन्छ ।

४. मट्टीतेल
हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तर, मट्टितेलको प्रयोग गर्दा धेरै सजग हुनु अत्यावश्यक छ ।

५. अण्डाको बोक्रो

अण्डाको बोक्रोको प्रयोगले पनि तपाइले साङ्लालाई धपाउन सक्नुहुन्छ । प्राय घरमा अण्डा प्रयोग भइरहन्छ । घरमा अण्डा प्रयोग भइसकेपछि त्यतिकै फालिने अण्डाको बोक्राको सही उपयोग गर्न जान्दा यसले एउटा ठूलो समस्याबाट छुट्कारा दिन्छ ।

प्रतिक्रिया दिनुहोस्