Logo

रमेश प्रसाईं विवाह बन्धनमा बाधिँदै, कोसँग हुँदैछ विवाह ?



Spread the love

१६ मंसिर, काठमाडाैँ । चर्चित वक्ता रमेश प्रसाईं विवाह बन्धनमा बाधिँने भएका छन् । उनले यही मंसिर २२ गते विवाह गर्ने तय भएको हो ।

रमेश प्रसाई कालीकोटकी नन्दा सिंहसँग विवाह गर्ने भएका छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

वक्ताका रूपमा उदाएका रमेश यतिबेला गायकको रूपमा पनि परिचित हुन थालेका छन् । उनले गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ । त्यस्तै, उनी इन्द्रेणीमा पनि लोकदोहोरी गाउन पुगेका थिए ।

नन्दा सिंह पनि दृष्टिविहीन हुन् । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन् । बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन् । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्