Logo

आफ्नै ५ जना बच्चालाई चक्कु प्रहार गरेका बाबुले प्रहरी समक्ष भने, ‘मन लाग्यो काटिदिएँ’



Spread the love

१६ मंसिर, एजेन्सी । भारतमा एक जनाले आफ्ना पाँच बच्चा र श्रीमतीमाथि चक्कू प्रहार गरेका छन् । उनको चक्कु प्रहारबाट ४ जना बच्चाको ज्यान गएको छ । त्यस्तै, श्रीमति र एक बच्चा घाइते भएका छन् ।

चक्कु प्रहारबाट घटनास्थलमै चार बच्चाको मृत्यु भएको र श्रीमती र माइली छोरीको भने उपचार भईरहेको छ ।

क्रुर व्यवहार गरेका व्यक्तिले बिष खाएर आत्महत्या गर्न लागेका थिए । तर, सोही प्रहरीले उनलाई पक्राउ गरेको छ । ६ जनालाई चक्कु प्रहार गरेका अधिवेश यो घटनाबारे प्रहरीलाई फोन गरेर जानकारी दिएका थिए ।

आरोपी अधिवेशले प्रहरी समक्ष मन लागेर ६ जनामाथि चक्कु प्रहार गरेको बयान दिएका छन् । यो घटना भारतको बिहारस्थित सीवान जिल्लाको अलीमर्दनपुर गाउँको हो ।

प्रतिक्रिया दिनुहोस्