Logo

जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघद्वारा नेपाली सेनाको प्रशंसा



Spread the love

१६ मंसिर, काठमाडाैँ । संयुक्त राष्ट्रसंघले नेपाली सेनाको उच्च प्रशंसा गरेको छ । शान्ति स्थापनार्थ दक्षिण सुडान तैनाथ नेपाली शान्ति सैनिकले सम्भावित ठुलो जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको हो ।

मंसिर १० गते कुइबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी अपरेटिङ बेसबाट खटिएको नेपाली सेनाले त्यहाँ हुनै लागेको ठुलो जातीय हिंसाबाट जोगाएका थिए ।

त्यहाँ कंगोर जातीको एक व्यक्ति झडपमा मारिएपछि कंगोर जाती र अयेल जातीका बासिन्दाबीच हिंसाको रुप लिएको थियो । हिंसा भड्किन सक्ने खबर प्राप्त भएपछि अस्थायी अपरेटिङ बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको ‘क्विक रिएक्सन फोर्स’ उक्त हिंसाग्रस्त क्षेत्रमा परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको बताइएको छ ।

सुडानका जातीय विभेदका कारण सिर्जित समस्याबाट वर्षेनी सयाैँ व्यक्तिहरूले ज्यान गुमाउने गरेका छन् । नेपाली सैनिकहरूले त्यहाँ सोही प्रकृतिको गम्भीर दुर्घटना टार्न ठूलो योगदान गरेको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्