Logo

टिकटकमा नेताहरूको इन्ट्री, कमल थापाले पनि खोले अकाउन्ट



Spread the love

१५ मंसिर, काठमाडाैँ । सोमबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले लोकप्रिय एप टिकटकमा खाता खोलेका छन् । उनले टिकटकमा पहिलो भिडियो समेत अपलोड गरेका छन् । पहिलो भिडियोमा नै ओलीले ७ लाख १९ हजार भ्युज पाएका छन् ।

त्यस्तै, २१ हजार फलोअर्स समेत ओलीको टिकटक अकाउन्टले पाएको छ । उनको अकाउन्टमा लाइक, फलोअर्स तथा भ्युज तीव्र गतिमा बढिरहेको छ ।

त्यसैगरी राप्रपाका अध्यक्ष कमल थापाले पनि सोमबार नै टिकटक अकाउन्ट सार्वजनिक गरेका छन् । उनको टिकटक ह्याण्डल kamal_thapa2012 रहेको छ ।

उनले आफ्नो टिकटकमा ३ वटा भिडियो अपलोड गरेका छन् । उनको टिकटक अकाउन्टमा अहिलेसम्म ५१८ जना फलोअर्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्