Logo

बिरामीको अपरेशन गर्ने बेलामा डाक्टरको अचानक मृत्यु



Spread the love

११ मंसिर, एजेन्सी । बिरामीको अपरेशन गर्ने बेलामा डाक्टरको अचानक मृत्यु भएको छ । साउदी अरबको एक अस्पतालमा बिरामीको अपरेशन गर्न अपरेशन थिएटरमा पस्ने बित्तिकै डाक्टरको मृत्यु भएको हो ।

मृत्यु भएका डाक्टरले बिरामीको हाड जोर्नी सम्बन्धि अपरेशन गर्ने तयारी गर्दै थिए । तर, चिकित्सककै अचानक मृत्यु भएपछि अवस्था रहस्यमय भएको अरबी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

खामिस मुशैट सिभिल हस्पिटलमा डा. महदी अल इमारीलाई हृदयाघात पछि मृत्यु भएको साउदीको एक पत्रिकाले उल्लेख गरेको छ ।

सुरूमा नै केही अस्वस्थ देखिएका इमारीको इलेक्ट्रोकार्डियोग्राम गर्दा हृदयघात भएको पाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्