Logo

दोलखाको भीमेश्वरमा पसिना आएपछि प्रशासनले निकाल्यो यस्तो विज्ञप्ति



Spread the love

९ मंसिर, दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएकोबारे जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती निकालेर जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पसिना आएको जानकारी दिएको छ ।

विज्ञप्तीमा जानकारी दिए अनुसार शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेका छन् ।

प्रशासनले भीमेश्वरको वूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्र प्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ । सो प्रसाद बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने व्यवस्था मिलाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्