Logo

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वस्थ्यमन्त्री ढकालका ज्वाइँ र भतिज नियुक्त



Spread the love

९ मंसिर, धरान । धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना नयाँ नियुक्त भएका छन् । नयाँ नियुक्तिहरूमा नेपालका स्वस्थ्यमन्त्री भानुभक्त ढकालका ज्वाइँ र भतिज रहेका छन् ।

ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृतसरहको पदमा नियुक्ति भएका छन् । मन्त्री ढकालको दवावमा भतिज र ज्वाइँलाई उपकुलपति गिरीले नियुक्त गरेको बताइएको छ ।

दुवैजनाले ११ कात्तिकमा नियुक्ति पाएका थिए । ढकालको समर्थनपछि डा. गिरीले उपकुलपतिमा नियुक्त पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्