Logo

अन्तराष्ट्रिय युवा दिवस सल्यानमा पनि मनाउने तयारी



Spread the love

international_youth_dayjpg

यस वर्षको अन्तराष्ट्रिय युवा दिवस सल्यानमा पनि मनाईने भएको छ । हरेक वर्ष अगस्त १२ तारीक (साउन २८ गते) का दिन मनाइने यो दिवस यस वर्ष  पनि  मनाइने भएको छ ।

प्रत्येक वर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आएको अन्तराष्ट्रिय युवा दिवस यस वर्ष पनि बिभिन्ना चेतना मुलक कार्यत्रम गरि मनाउन लागिएको युवा समिति सल्यानका अध्यक्ष जनक बिक ले जानकारी दिएका छन् । कार्यक्रम आयोजना गर्ने जिम्मा युवा समिति सल्यान र ओरेक नेपाल सल्यानले लिएको छ ।

अन्तराष्ट्रिय युवा दिवस साउन २८ गते बिहान ८ बजे सल्यान खलङगा मा प्रभात फेरी र युवा समिति सल्यानका अध्यक्ष जनक बि क , ओरेक नेपाल सल्यान ले युवाहरूको आगामी दिनमा जिल्ला स्तरमा संञ्चालन गरिने कार्य योजनाको बारेमा जानकारी गराउने कार्यक्रम गर्ने आजको बैठकले निर्णय गरेको छ ।

अन्तराष्ट्रिय युवा दिवसकै अवसरमा सल्यानमै विभिन्न संध संस्थाहरूले पनि विभिन्न ठाउँमा कार्यक्रम गरि मनाउने जानकारी गराएका छन् ।सोही अवसरमा पास नेपाल सल्यानले थारमारे,माझकाँडा ,सारदा संस्थाले शिवरथ ,नागरिक सरोकार मञ्चले कुपिन्डे दह र पोष्ट नेपाल सल्यानले ढाकाडाम गाविस हरुमा कार्यक्रम गर्ना लागिएको बताएका छन् । कार्यक्रममा आफूलाई पाएक पर्ने ठाउमा र जिल्ला स्तरको कार्यक्रममा उपस्तिथिको लागि सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्