Logo

‘नेकपा नफुट्ने, तर सरकार परिवर्तन हुनसक्ने’



Spread the love

७ मंसिर, कैलाली । नेकपाका नेता तथा स्थायी कमिटि सदस्य भिम रावलले सरकार परिवर्तन हुन सक्ने बताएका छन् । आइतबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले नेकपा नफुट्ने तर सरकार भने परिवर्तन हुनसक्ने बताएका हुन् ।

उनले नेकपा कुनै माटोको भाडो नभएको हुनाले कसैले ढुंगा हान्दैमा नफुट्ने तर्क राखे । उनले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताए ।

कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्