Logo

कोरोना संक्रमणबाट अर्का वरिष्ठ चिकित्सकको मृत्यु



Spread the love

६ मंसिर, काठमाडाैँ । कोरोना संक्रमणबाट नेपालमा थप एक जना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । शनिबार उपचारका क्रममा कोरोना संक्रमित वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भएको हो ।

उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको काठमाडौंको ओम अस्पतालले जानकारी दिएको छ ।

शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो । उनी लामो समयदेखि ओम अस्पतालमा कार्यरत थिए । अस्पतालका चिकित्सक समेत रहेका शर्मा नेपालका वरिष्ठ सर्जन थिए।

प्रतिक्रिया दिनुहोस्