Logo

पोपले ब्राजिलकी अर्धनग्न मोडल मन पराएपछि…



Spread the love

६ मंसिर, एजेन्सी । ब्राजिलकी मोडलको अर्धनग्न तस्बीरमा पोप फ्रान्सिसको इन्स्टाग्राम अकाउन्टबाट लाइक भएपछि यसको बारेमा अनुसन्धान सुरू भएको छ । पोपको अफिसियल अकाउन्टबाट नै अर्धनग्न तस्बीरमा लाइक भएपछि यो विषयमाथि भ्याटिकनले अनुसन्धान सुरू गरेको हो ।

पोपको अकाउन्टबाट ब्राजिलकी मोडल नातालिया गरिबोट्टोको तस्बिर लाइक भएको पाइएको छ । तर, कुन मितिमा लाइक भएको भने अझै पुष्टि भइसकेको छैन ।

पोपको अकाउन्टबाट अर्धनग्न मोडलको तस्बीरमा लाइक भएको समाचार बाहिरिएपछि उक्त लाइक पुनः हराएको छ । यसले लाइकको विषयमा गम्भीर प्रश्न खडा गरेको बताइएको छ ।

पोपको इन्स्टाग्राम अकाउन्ट कर्मचारीले पनि चलाउने गरेको पाइएको छ । सो विषयमा पनि अनुसन्धान सुरू गरिएको भ्याटिकनका अधिकारीहरूले बताएका छन् ।

पोपको अकाउन्टबाट फोटोमा लाइक पाएकी मोडलले ‘कम्तीमा म स्वर्ग जाने निश्चित भयो।’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन् ।

पोपको अफिसियल अकाउन्टमा ७४ लाख फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस्