Logo

गर्भनिरोधक भनेर नर्सले फ्लुको सुइ लगाइदिइन्, सन्तान जन्मिएपछि तिर्नुपर्यो १ अर्ब १९ करोड क्षतिपूर्ति



Spread the love

५ मंसिर, एजेन्सी । गर्भनिरोधक सुइ भनेर गलत सुइ लगाएपछि एक दम्पतीले ठूलो राशी क्षतिपूर्ति बापत पाएका छन् । स्वास्थ्यकर्मीले गलग सुइ लगाएपछि उनीहरूले १ अर्ब १९ करोड रूपैयाँ पाएको सिएटल टाइम्समा प्रकाशित भएको छ ।

गर्भ निरोधक सुइ लगाउन पुगेकी महिलालाई नर्सले फ्लुको सुइ लगाइदिइन् । ती नर्सले काममा लापरबाही गरेको भन्दै अदालतले १ करोड डलर क्षतिपूर्ति दिलाएको हो ।

महिला एक सामुदायिक क्लिनिकमा गर्भनिरोधक सुई लगाउनको लागि गएकी थिइन् । तर नर्सले उनलाई फ्लुको सुइ लगाइदिएपछि उनको छोरी जन्मिइन् ।

त्यसरी अनिच्छित सन्तान हुँदा मातापिताले सहेको मानसिक र भावनात्मक पीडाको क्षतिपूर्तिस्वरुप बालिकाकी आमालाई १५ लाख डलर र बालिकाका पितालाई १० लाख डलर क्षतिपूर्ति दिन आदेश दिइएको हो ।

त्यस्तै, बालिका पनि असामान्य भएका कारण उनको उपचार, हेरचाह तथा शिक्षा खर्च सहित ७५ लाख डलर दिन आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्