Logo

कोरोनाको समाप्तिमा अर्को आशा, फाइजरले पायो ठूलो सफलता



Spread the love

एजेन्सी । कोरोना भाइरसको खोपमध्ये सबैभन्दा प्रभावकारी देखिएको फाइजरले अर्को आशा ल्याएको छ । केही हप्ताअघि ९० प्रतिशत प्रभावकारी देखिएको यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले बुधबार विज्ञप्ती जारी गर्दै तेस्रो चरणको परीक्षणको अन्तिम मूल्याङ्कनमा उक्त खोप वृद्धहरुमा समेत भाइरसको संक्रमण रोक्न ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको बताएको छ ।

कुनैपनि खोपको विकासमा ९५ प्रतिशत प्रभावकारीता देखिनु भनेको सुरक्षाको मापदण्ड पुरा गर्नु भन्ने बुझिन्छ । फाइजरको खोपले सुरक्षाको मापदण्ड पूरा गरेसँगै कोरोना महामारीको अन्त्य हुनेमा ठूलो आशाको सुरूवात भएको छ ।

प्रतिक्रिया दिनुहोस्