Logo

४५ मिनेटसम्म मरेका माइकल पुनः बाँचे



Spread the love

एजेन्सी । अमेरिकामा एक जना व्यक्तिले पुनर्जिवन पाएका छन् । अमेरिकाका ४५ वर्षीय आरोही माइकल नापिन्स्कीले ४५ मिनेट मुटुको चाल रोकिँदा पुनः पुनर्जिवन पाएका हुन् ।

अमेरिकाको रेनियर नेशनल पार्कमा उनी गतहप्ता जमेको अवस्थामा भेटिएका थिए । उद्धारकर्मीलेउद्धार गरेर ल्याएका माइकलको मुटु पूर्ण रूपमा बन्द भएको थियो । यद्यपी उनी बाच्न सफल भएका छन् ।

नेशनल पार्कमा अचेत अवस्थामा भेटिएका माइकललाई हवाइ एम्बुलेन्सद्वारा सियाटलको अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनको नसामा केही चाल देखिएता पनि मुटुको चाल पूर्ण रूपमा बन्द भइसकेको स्वास्थ्यकर्मीले बताएका छन् ।

‘आकस्मिक कक्षामा आउँदा उनी मिरिसकेका थिए ।’ माइकलको उपचारमा संलग्न डाक्टर जेनल ब्याडुलकले सियाटल टाइम्ससँग भनेका छन् ।

अस्पताल पुग्दा सिकिस्त भएका माइकलको ज्यान जोगाउन चिकित्सकहरूले एसिएमओको सहायता लिएका थिए । यसको सहायताले माइकलको शरीरबाट मुटुसम्म रगत पम्पको कार्य गरियो । यो प्रक्रियाबाट उनको कार्बनडाअक्साइडको मात्रा हड्यो र उनी पुनर्जिवित भए ।

४५ मिनेटपछि उनको मुटुमा चाल देखियो भने त्यसको २ दिनपछि उनको होस खुल्यो । अमेरिकामा यो घटनालाई ‘मरेर पुनः बाचेको’ भनि चर्चा गर्न थालिएको छ ।

पुनर्जिवन पाएका माइककले चिकित्सकहरूको अथक प्रयासले आँफूले पुनर्जिवन पाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्