Logo

कोरोनाको भ्याक्सिन निर्माणमा अर्को ठूलो सफलता



Spread the love

२ मंसिर, एजेन्सी । अमेरिकामा बनेको कोरोना भाइरसको सम्भावित भ्याक्सिनले ९५ प्रतिशत प्रभावकारी नतिजा देखाएको छ । अमेरिकी कम्पनी मदेर्नाले विकास गरेको उक्त भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखिएको हो ।

कोरोना विरूद्धका लागि विकास गरिएका भ्याक्सिनको प्रभावकारीता बढ्दै जाँँदा यो महामारी अन्त्य उन्मुख हुने आसा गरिएको विज्ञहरूले बताएका छन् । केहीदिन अघि फाइजरको भ्याक्सिनको पनि ९० प्रतिशत प्रभावकारीता देखिएको समाचार बाहिरिएको थियो ।

फाइजर र मदेर्नाले उच्चतम प्रविधिको प्रयोग गरेर भ्याक्सिन निर्माण गरेको बताइएको छ । मदेर्नाले भ्याक्सिनको प्रभावकारिता देखिएको दिनलाई ‘महान दिन’ भन्दै केही हप्तामा प्रयोगको लागि अनुमति प्राप्त गर्ने बताएको छ ।

यो भ्याक्सिनको परीक्षणमा करीब ३० हजार मानिसहरूलाई सहभागी गराइएको थियो । उनीहरूलाई भ्याक्सिनको २ डोज दिइएको बताइएको छ ।

भ्याक्सिनको उच्च प्रभावकारीता देखिएता पनि यसबारे धेरै प्रश्नहरू अझै अनुत्तरित रहेको विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्