Logo

‘अर्को जाडोसम्म कोरोना भाइरस नाटकीय रूपमा हराउँनेछ’



Spread the love

१ मंसिर, एजेन्सी । कोरोना भाइरसको भ्याक्सिन निर्माताले आगामी जाडो महिनासम्म मानिसहरू सामान्य जनजीवनमा फर्किनसक्ने आशा व्यक्त गरेका छन् । भ्याक्सिन निर्माता मध्येका एक जनाले आगामी जाडो महिनामा कोरोना भाइरस पूर्ण रूपमा हराउने आशा व्यक्त गरेका हुन् ।

बायोटेकका सह–संस्थापक उगर साहिनले अर्को वर्षसम्म कोरोना भाइरसको संख्यामा नटकीय कमि आउने संभावना रहेको पनि बताएका छन् ।

गत हप्ता बायोटेकले निर्माण गरेको फाइजर नामक भ्याक्सिनको कोरोना विरूद्ध लड्ने क्षमता ९० प्रतिशत भएको पुष्टि भएको थियो ।

उक्त भ्याक्सिनको परीक्षणमा ४३ हजार मानिसहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्