Logo

४३ वर्षीय अभिनेताद्वारा आत्महत्या



Spread the love

३० कार्तिक, एजेन्सी । जापानी अभिनेताले आत्महत्या गरेका छन् । जापानी मिडियामा प्रकाशित भएको समाचार अनुसार ४३ वर्षीय अकिरा कुबोदेराले आत्महत्या गरेका हुन् ।

शुक्रबार कुबोदेरा टोकियोस्थित आफ्नै निवासमा मृत फेला परेका थिए । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको देखिएको प्रहरीले उल्लेख गरेको छ ।

कुबोदेराको एजेन्सीले ‘अचानक भएको घटना’ भन्दै उनको मृत्यु भएको पुष्टि गरेको छ । कुबोदेरा टोकियोमै जन्मिएका र त्यही हुर्किएका थिए । सन् १९९५ बाट उनी अभिनयको क्षेत्रमा प्रवेश गरेका थिए । उनले २००३ मा टेलिभिजन सिरिजमा पनि काम गरेका थिए ।

साथै उक्त घटनाबाट परिवार र एजेन्सी विक्षिप्त बनेको बताइएको छ । कुबोदेरा राजधानी टोकियोमै जन्मिएर यहीँ हुर्किएका हुन् । उनी १९९५ मा एक मोडलको रुपमा करिअरमा प्रवेश गरेका थिए । २००३ मा टेलिभिजन सिरिजमा समेत उनले काम गरे ।

‘सेलर मुन’ टिभि सिरिजबाट उनको लोकप्रीयता बढेको थियो । उनले ‘स्ट्रबेरी नाइट’मा अभिनेत्री युको ताकेउचीसँग काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्