Logo

हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त



Spread the love

३० कात्तिक, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् । यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्