Logo

नवजात शिशु गाडिएको अवस्थामा जिउदै फेला



Spread the love

२८ कार्तिक, सप्तरी । सप्तरीमा खोलाको छेउमा नवजात शिशु जिउदै गाडिएको अवस्थामा फेला परेको छ ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर–५ स्थित एक नवजात शिशु जिउदै गाडिएको अवस्थामा फेला परेको हो । बर्साइन बजारको जाँजर स्थित रहेको खडक खोलाको छेउमा खेलिरहेका स्थानिय यूवाहरुले बच्चा जिउदै गाडिएको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

बच्चा छोरा रहेको उनले जानकारी दिए । बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाईएको प्रमूख राईनले जकारी दिए । शिशुलाई गाडिएको विषयमा अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्