Logo

रहेनन् लगातार ५० वर्षसम्म प्रधानमन्त्री बनेका खालिफा



Spread the love

२७ कार्तिक, एजेन्सी । विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहेका उनको ८४ बर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहेका उनको उपचारकै क्रममा निधन भएको हो । सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिएका खलिफाको निजी टापू नै भएको र विदेशीहरुलाई उनले त्यही भेट्ने गर्थे ।

बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उनको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गरेका छन् । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री थिए ।

सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उनि पदमै रहन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्