Logo

४ वर्षीय बालकको पेटबाट निकालियो लक्ष्मीको मूर्ति



Spread the love

२६ कार्तिक, एजेन्सी । ४ वर्षका बच्चाको पेटबाट लक्ष्मी भगवानको मूर्ती निकालिएको छ । भारतको कर्नाटकमा ४ वर्षका बाच्चाको पेटबाट लक्ष्मीको मूर्ति निकालिएको हो ।

कर्नाटकको रायचुर शहरमा बस्ने बालकको पेटबाट एन्डोस्कपी गरेर उक्त मूर्ति निकालिएको हो । ती बच्चाले खेल्ने क्रममा लक्ष्मीको मूर्ति निलेको बताइएको छ । उनले छिमेकीको उपहार स्वरूप लक्ष्मीको सानो मूर्ति पाएका थिए ।

छिमेकीको उपहार बच्चाले मन पराएको र सँधै लिएर घुम्ने गरेको बताइएको छ । सोही क्रममा उनले मूर्ति निल्न पुगे ।

बहिनीसँग खेल्ने क्रममा बच्चाले पेट दुखेको बताएपछि परिवारले बच्चालाई तुरुन्त उपचार गर्न अस्पताल लगे । त्यसपछि डाक्टरले जाँच गरेपछि मूर्ति भएको पुष्टि भयो र इन्डोस्कोपी गरेर बच्चाको पेटबाट मूर्ति निकालियो ।

मूर्ति निलेका बच्चाको स्वास्थ्यमा कुनै समस्या नदेखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्