Logo

कोरोना संक्रमण देखिएपछि गाउँपालिका पाँच दिनका लागि नाका बन्द !



Spread the love

१२ कार्तिक, बागलुङ दसैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा पाँच दिनका लागि प्रवेश नाका बन्द गरिएको छ।

समूहमा टीका लगाएका ती युवाले दसैँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए।

गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनी लगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए। स्वाब दिएर होम क्वारेन्टिननमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए।

स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनी गाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकुद लगायतका कार्यक्रममा पनि सहभागी थिए।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ।

उनका अनुसार, मङ्गलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्