१२ कार्तिक, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।
अमेरिकामा २४ घण्टा यता १ हजार ४० जनाको मृत्यु भएको छ भने हिजो २७ तारिखमा ५ सय २९ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ७४ हजार नयाँ संक्रमित थपिएका छन् ।
२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ३२ हजार ८५ जनाको मृत्यु भएको छ भने ९० लाख ३७ हजार भन्दा बढी संक्रमित भएका छन् । ५८ लाख ७५ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्