
१० कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा सोमबार थप १७४१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ हजार १ सय १५ ले घटेको छ ।
२४ घण्टा यता १ हजार ७ सय ४१ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं जिल्लामा ६७३, सुनसरीमा १८५, ललितपुरमा १४६, कास्कीमा १०१, भक्तपुरमा ७६ जना, नवलपरासी पूर्वमा ६० जना, काभ्रेमा ५९ जना, रुपन्देहीमा ५८ जना, झापामा ५० जना, अर्घाखाँचीमा ३३, सप्तरी र मकवानपरमा २९/२९ जना, तनहुँमा २५ जना, चितवनमा २४ जना, कपिलवस्तुमा २२ जना, बागलुङमा १७ जना, महोत्तरीमा १४ जना, मोरङमा १३ जना, धनुषा र बाँकेमा १२/१२, नुवाकोटमा ८ जना, दोलखामा ७ जना, गुल्मी र नवलपरासीमा ६/६ जना, बारा, सिन्धुली र दैलेखमा ५/५ जना, सर्लाही, रामेछाप, लमजुङ र प्युठानमा ४/४ जना, स्याङ्जा र दाङमा ३/३ जना, सिराहा, सिन्धुपाल्चोक र पर्वतमा २/२ जना, उदयपुर, ताप्लेजुङ, गोरखा, पाल्पा, जुम्ला, रुकुम पश्चिम, अछाम, कञ्चनपुर र दार्चुलामा १/१ जना संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।