
९ कार्तिक, काठमाडाैँ । चीनमा एउटा पाँचतले भवन उचालेर अर्काे स्थानमा सारिएकाे छ । चीनका चीनका इन्जिनियरले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेका हुन् ।
याे कामलाई विश्व मै आश्चर्यजनक कामकाे रुपमा लिइएकाे छ ।
चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेकाे चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
७ हजार ६ सय टन वजनको भवनलाई उचालेर सार्न १९८ रोबोटका खुट्टाकाे सहारा लिइएकाे बताइएकाे छ । उक्त भवन सन् १९३५ मा बनेको बताइएकाे छ ।
याे कामका लागि चिनियाँ इन्जिनियरहरुले १८ दिन मेहनत गरेका सञ्चारमाध्यममा उल्लेख गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
प्रतिक्रिया दिनुहोस्