![](https://i1.wp.com/www.sallerikhabar.com/wp-content/uploads/2020/10/4428-onion.jpg?fit=700%2C394&ssl=1)
६ कार्तिक काठमाडौं । बुधबार प्याजको मूल्य औसतमा मंगलबारको तुलनामा प्रतिकिलो १४ रुपैयाँले बढेको छ।
कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य मंगलबारका लागि अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ।
प्याजको मूल्य आकाशिएसँगै उपभोक्ता मारमा परेका छन् । उपभोक्ताले चर्को मूल्य तिरेर प्याज किन्नुपर्ने बाध्यता रहेको छ ।
मंगलबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य प्रतिकेजी औसतमा १ सय १८ रुपैयाँ रहेको थियो।
प्रतिक्रिया दिनुहोस्