Logo

श्रीमतीको हत्या गरेकाे अभियाेगमा श्रीमान् पक्राउ



Spread the love

५ कार्तिक, झापा । आफ्नै श्रीमती २७ वर्षीया संगीता राईको हत्या गरेको अभियोगमा मेचीनगर नगरपालिका-४ समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दुवैजनाबीच घरायसी विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि पर्वतले श्रीमती संगीतामाथि मुक्का प्रहार गरेका थिए ।

मुक्का प्रहारबाट संगीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।

पर्वतले सामान्य विवादको कारण संगीतालाई कुटपिट गर्दा घटनास्थमलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काकँभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्