
५ कार्तिक, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।
अमेरिकामा २४ घण्टा यता ८ सय ८८ जनाको मृत्यु भएको छ भने हिजो २० तारिखमा ४ सय १८ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ६० हजार नयाँ संक्रमित थपिएका छन् ।
२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख २६ हजार १ सय २० जनाको मृत्यु भएको छ भने ८५ लाख १९ हजार भन्दा बढी संक्रमित भएका छन् । ५५ लाख ४२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्