
३ कार्तिक, एजेन्सी । भारतको दूर्गस्थित शिवनाथ नदीमा दुर्गाको शव फेला परेको छ । दूर्गा अर्थात ती बालिकालाई नवरात्रमा नदीमा फालिएएको बताइएको छ ।
यो घटना भारतको छत्तिसगढको हो । नाल समेत नछुट्टिएकी बालिका नदीमा तैरिरहेको अवस्थामा फेला परेकी थिइन् ।
नवरात्रीमा बिहानै नदीमा नुहाउन गएकाहरूले उक्त शव देखेपछि प्रहरीसम्म खबर पुर्याएका थिए ।
भारतीय प्रहरी अहिले यो घटनाबारे थप अनुसन्धानमा जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्