
३ कार्तिक काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम्फालेका युवाको उपचारको क्रममा मृत्यु भएको छ ।
सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।
सोमबार बिहान पौने ९ बजे आमा औषधी किन्न गएका बेला रोशनले अस्पतालबाट हाम्फालेर आत्महत्या प्रयास गरेका थिए ।
गम्भिर घाइते भएका खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ । आइतबार डेरामा आफैँलाई आगो लगाएपछि उनलाई आमाले अस्पताल लगेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्