
एजेन्सी । भारतमा एक जना बच्चाको टाउको कुकरमा अड्किएपछि तनावको स्थिति पैदा भएको थियो । टाउको अड्किएपछि बाबु आमाले निकाल्ने प्रयास गरेका थिए । तर, उनीहरूको प्रयास सफल भएन ।
घरेलु प्रयास असफल भएपछि ती बच्चालाई हस्पिटल लगियो । डाक्टरहरूले पनि अनेक संघर्ष गरे ।
सबै प्रयास विफल भएपछि अन्ततः डाक्टरहरू जोखिम मोल्ने स्थितिमा पुगे । टाउको जस्तो संवेदनशील अंग अड्किएको कुकर २ टुक्रा पारेर बच्चाको टाउकोबाट छुट्याइयो ।
बच्चाको टाउको र कुकर छुट्याउन डाक्टरहरूलाई ४५ मिनेट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्