
१ कार्तिक, काठमाडाैँ । माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई कोरोना संक्रमण भएको छ ।
बाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख समेत रहेकी कोइरालालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
कोइराला गत एक सातादेखि होम क्वारेन्टाइनमा बसेरहेकी छिन् । कोइराला सहित माइती नेपालका ३ जनालाई कोरोना संक्रमण भएको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएसँगै माइति नेपालको कार्यालय सिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्